गुनासो चौतारी काठमाडौँ।
भारतीय प्रधानसेनापति जनरल धिरज सेठ पाँचदिने औपचारिक नेपाल भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका छन्।
नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाह, प्रधानसेनापति अशोकराज सिग्देललगायत उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा विशेष समारोह आयोजना गरी जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछन्।
नेपाल र भारतका सेना प्रमुखलाई एक–अर्काको देशमा मानार्थ सैन्य दर्जा प्रदान गर्ने परम्परा दुई देशबीचको लामो समयदेखिको सैन्य सम्बन्ध र पारस्परिक सम्मानको प्रतीकका रूपमा रहँदै आएको छ।
नेपाल–भारत सम्बन्धमा नयाँ सरकारको सुरुवाती चरणमै भएको यो उच्चस्तरीय सैन्य भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।

