सबैलाई पठाउनु होला

गुनासो चौतारी, काठमाडौँ

धादिङको गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत सडक माथिबाट पहिरो खसेपछि राजमार्गमा दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा बन्द भएको हो।

धादिङका ट्राफिक प्रमुख शिशिर थापाका अनुसार पहिरोका कारण काठमाडौं भित्रिने र बाहिरिने दुवै दिशाका सवारी साधन रोकिएका छन्। सडक अवरुद्ध भएपछि राजमार्गमा सवारी साधनको लामो जाम लागेको छ।

निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरी पहिरो पन्छाउने काम सुरु गरिएको छ। पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com