नेकपा (एमाले)का नेता तथा पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।
जसपा जिल्ला समन्वय समिति, रुपन्देहीले आइतबार मायादेवी गाउँपालिका–४ स्थित सेमरीमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा एमाले परित्याग गर्दै उनी जसपामा प्रवेश गरेका हुन् ।
उनले पार्टी प्रवेशसँगै आफू पार्टीको हितका लागि डटेर लाग्ने बताएका छन् । एमालेमा रहुन्जेल गरेका कामको समिक्षा पार्टीले नगरेको गुनासो उनको रहेको थियो ।

