सबैलाई पठाउनु होला

काठमाडौं –  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमाथि सर्वोच्चमा सुनुवाइ सुरु भएको छ ।

न्यायाधीशदोय टंकबहादुर मोक्तान र सपना प्रधान मल्लको इजलासमा अधिकारीको रिटमाथि शुक्रबार पुनः सुनुवाइ सुरु भएको हो ।

 सरकारले छानबिनका लागि समिति गठन गरेसँगै निलम्बनमा परेका गभर्नर अधिकारीले गत वैशाख ५ गते सर्वोच्च अदालतमा समिति खारेजीसहित अन्तरिम आदेशको मागदाबी गर्दै रिट दायर गरेका थिए ।
 
बैंकिङ प्रणालीको अति गोप्य सूचनाहरु चुहाएको, कार्यक्षमताको अभाव भएको आदि आरोप लगाउँदै गत चैत २४ गतेको मन्त्रीपरिषद् बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको थियो ।
छानबिनका लागि सरकारले समिति गठन गरेसँगै उनी स्वतः निलम्बनमा परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com