सबैलाई पठाउनु होला

चितवन –   चितवनकी सुजिता भण्डारी मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्धा खेपेका सुकदेव भण्डारीले सफाइ पाएका छन् ।

पूर्वी चितवनको राप्ती नगरपालिका-३ की सुजिता भण्डारीको आत्महत्या दुत्साहनसम्बन्धी मुद्धामा चितवन जिल्ला अदालतकी न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले बिहीबार उनलाई सफाइ दिएको  छ  ।

२०७८ साउन ३१ गते चितवन जिल्ला अदालतमा राप्ती–३ की २३ वर्षीया सुजिताको आत्महत्या दुरूत्साहनका कारण मृत्यु भएको भनी मुद्धा दायर भएको थियो ।

घटनाको दोषी आफ्नै ठूलाबुबाको छोरा सचिन भन्ने सुकदेव भण्डारी भएको भन्दै सुजिताकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

आत्महत्या दुरूत्साहन मुद्दा लागेका भण्डारीसँग चितवन अदालतले  ५० हजार धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेर उनी कारागार चलान भएका थिए ।

काठमाडौंमा रहँदा बस्दा दाजुबहिनीबीच गहिरो प्रेम सम्बन्ध रहेको र बहिनीले असार ९ गते बिहे गर्न भनेकोमा आफूले हुन्न भनेको सचिनले अदालतमा गरेको बयान दिएका थिए ।

गत असार ११ गते घरबाट साथीको घर जाने भनेर विहानै निस्किएकी भण्डारीले फोनमा आफू अपहरणमा परेको दिदीलाई जानकारी गराएकी थिइन् । उनको अपहरण भएको आशंका गरिएको थियो ।

असार २० गते राप्ती नगरपालिका वडा नं–३ कै ब्रह्मस्थान सामुदायिक वनस्थित आँपगैरी खोल्सामा सुजिताको शव भेटिएको थियो ।

 हाडनाताभित्रको प्रेम सम्बन्धले निम्त्याएको आत्महत्या

दिदीसँग काठमाण्डौंमा बस्ने भन्दै गएकी सुजिता केही समय दिदीकोमा बसी सचिनले कोठा खोजी बोलाएपश्चात् दुवैजना सँगै बसेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको थियो । उनीहरुका विभिन्न तस्वीरहरुसमेत प्रहरीले अनुसन्धानका बेला भेट्टाएको थियो ।

पोस्ट मार्टम रिपोर्टबाट हत्या नभएको भनी तथ्य सार्वजनिक भएपछि भिसेरा परीक्षण गरिएको थियो । स्थानीय र परिवारले अपहरणपश्चात् हत्या भनी केही दिन सडक जाम गरेर आन्दोलन नै गरेका थिए ।

घटनाको विरोधमा पटकपटक प्रहरीसँग झडपसमेत भएको थियो । भण्डारीको भिसेरा परीक्षण गर्दा मृत्युको कारण विषादीकै सेवनबाट भएको हुन सक्ने प्रबल सम्भावना देखाएको थियो । घटनास्थलमा समेत विषादीको बट्टा भेटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com