सबैलाई पठाउनु होला

सुर्खेत –   नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको प्रलोभनमा नपर्ने बताए  ।

पार्टीका नवनिर्वाचित जनप्रतिनिधि तथा कार्यकर्तालाई प्रशिक्षण दिन बिहीबार सुर्खेत आएका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने बताएका छन्  ।

‘प्रचण्डजीले एउटा कार्यक्रममा प्रधानमन्त्रीको अफर आयो भन्नुभएको थियो, त्यसको जवाफमा मैले तपाईंलाई मात्र हैन, अन्त पनि आएको छ भनेर संकेत गरेको थिएँ,’ उनले भने, ‘यो कार्ड मान्छेलाई मुर्ख बनाउने तरिका हो । म कुनै प्रकारको प्रलोभन र लालचमा पर्ने मान्छे हैन ।’

अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उनले आफूलाई कुनै लालच नभएको बताएका छन्  ।

अध्यक्ष नेपालले नेकपा एमालेसँग एकीकरण वा गठबन्धनको सम्भावना समेत नरहेको बताएका छन्  । उनले भने, ‘वाम गठबन्धन र एमालेसँग एकीकरणको चर्चा चलेपनि तत्काल यो दुवै सम्भावना छैन’  ।

आफूले इमान्दारीता देखाउँदा पनि गठबन्धन दलहरुबाटै धोका पाएको भन्दै नेपालले धेरै अहंकार देखाउनेहरु भष्म हुने बताएका छन्  । उनले गठबन्धन दलहरुलाई भने,  ‘धोका दिने तरिका विभिन्न पार्टीहरुले यसपटक पनि अंगालेका छन् । उहाँहरुलाई भन्न चाहान्छु, बेइमानी नगर्नुस् । बेइमानी गरे तपाईंहरुको पनि हरि बिजोग हुनेवाला छ । ती पार्टीहरु भस्म हुनेछन् । सुध्रिन आग्रह गर्दछु’  ।

उनले आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको पनि बताएका छन्  । उनले भने , ‘बजेट चुनावको समयमा आएको हो तर चुनावमुखी होइन’ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com