सबैलाई पठाउनु होला

असोज २२ काठमाडौँ गोरखा क्षेत्र नम्बर १ (ख) मा सुज उद्घाटन  समारोह सम्पन्न भएको छ।

 

गोरखा क्षेत्र नम्बर १ को ख आरुघाट गाउँपालिका मा आज सुज अभियान उद्दघाटन मा जनता समाजवादी पार्टी गोरखाका संघीय परिषद सदस्य तथा गोरखा पार्टी उपाध्यक्ष युबा नेता राजेन्द्र पराजुलीको अध्यक्षतामा प्रमुख अथिती पुर्व प्रधानमन्त्री तथा पार्टीका सघिंय परिषद अध्यक्ष डा बाबुराम भट्टराई, अथितीहरु ज्ञानेन्द्र कुमाल केन्द्रीय कार्यकारी सदस्य , सरोज भट्ट जिल्ला अध्यक्ष , राजेन्द्र खनाल प्रदेश सदस्य , समान परिवार जिल्ला दलित संघ अध्यक्ष लक्षमण धमाल आरुघाट गाउँपालिका काठमाडौँ सम्पर्क मञ्च अध्यक्ष, राजु गुरुङ आरुघाट गाउँपालिका अध्यक्ष , मन वहादुर तामाङ युबा जिल्ला अध्यक्ष, लगायत हजारौं कार्यकर्ता र स्थानीयको उपस्थिति भयो ।

 

 

 

जनता समाजवादी पार्टी माथि गोरखाको आरुघाट गाउँपालिकामा जनताको चासो बढ्दै गएकाे छ । पार्टीको सगंठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज) अन्तर्गत गाेरखा सघिंय निर्वाचन क्षेत्र १ काे उद्घाटन गर्दै पुर्व प्रधानमन्त्री तथा पार्टीका सघिंय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले बुढिगण्डकी जलविद्युत आयाेजनालाई तत्काल सुरु गर्न ,चुमनुब्रि गाउपालिका का जनताले भाेग्नु परेकाे दुख कष्ट, हेलिकप्टर बाट खाध्यन्न ढुवानी गरि खानुपर्ने बाध्यताकाे रहेको भन्दै सडक निर्माण मा पहल गर्ने प्रतिबद्वता व्यक्त गर्दै अझै पनि देशमा सम्वृद्वि नआएकाेमा दुख व्यक्त गर्दै देशमा बिकास र संवृद्विका लागि जनताले बैकल्पिक शक्ति निर्माणमा जनता समाजवादी पार्टीलाई साथ दिने विश्वास व्यक्त गर्नु भयाे ।

कार्यक्रममा हरेक नागरिकले भोक्दै आएका समस्यालाई समाधानको उपाय खोज्ने र समस्यालाई समाधान गर्ने पनि बताउनु भयो ।

आरुघाट लार्के सडकको स्तरोन्नति पनि अति आबस्यक छ भन्नु  भयो।

गोरखा लगायत आरुघाट गाउँपालिकामा जनताको समस्या संग हामी जनता समाजवादी पार्टि सधैं जनताको घर आँगन मै पुगेर समाधान गर्ने र जनताको हक हितको लागि कहिलै पछि नहट्ने यसै कार्यक्रमका अध्यक्ष राजेन्द्र पराजुली ले गुनासो चौतारी लाई बताउनु भयो । साथै अहिले हाम्रो लगनशीलता जनताप्रतिको जिम्मेवारी छ भन्दै जनता समाजवादी पार्टीमा आशाबादी बन्दै पार्टी प्रवेश गर्नको भीड पनि बढेको छ भने।

साथै पराजुलीले यो पनि भने जनता जसले काम गर्यो उसैलाई समर्थन गर्छन् यसमा हामी दुक्क छौं ।

आजैको कार्यक्रममा शान्ति काप्री , राजु गोर्खाली लगायत २०० भन्दा बढी विभिन्न पार्टीहरु नेपाली कांग्रेस,एमाले , माओवादी केन्द्र परित्याग गरि जसपामा प्रवेश गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com