सबैलाई पठाउनु होला

नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (ख) का सांसद प्रकाशचन्द्र दवाडी यो महामारीको समयमा जनताको सेवामा शक्रिय देखिन्छ । जनताको समस्या समाधानका लागि अवरात्र आफ्नै क्षेत्रको जनताको घरदैलोमा जुनसुकै बेलापनि साथमा रहदै आएका छन् । यसै सिलसिलामा गोरखाको बारपाकमा कोरोना भाइरसको अवस्था भयावह भएपनि तत्काल त्यसको लागि आफ्नै स्रोत र साधनबाट आवश्यक औषधी र स्वास्थ्य सामाग्री लिएर गोरखा वारपाकी जनताको बिचमा पुगे ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना संक्रमण देखिएपछि यसको असर वारपाक क्षेत्रमा अत्याधिक परेपछि सांसद दवाडी औषधी र स्वास्थ्य सामाग्रीसहित वारपाक पुगेका हुन् । स्थिती झन् भयावह हुन नदिन सोही ठाउँका जनप्रतिनिधीसमेत रहेका सांसद दवाडी गण्डकी प्रदेशको राजधानी पोखराबाट वारपाक पुगेका हुन् ।

गाउँलेको नैराश्यताका कारण कोरोना परिक्षणमा आनकानी गर्दा उक्त घटना घटेको सांसद दवाडीले बताए । “परिक्षण गराएर के गर्नु ?, हामीले दिनदिनै समचार सुनेका छौँ, कोरोना लागेकालाई सरकारले उपचार गर्न सक्ने रहेनछ भन्ने गुनासो सुनियो,”– स्थानीयको कुराकानीपछि सांसद दवाडीले भने ।

यहि महामारीको संकटबाट प्रभावित गरिव, दिन दुःखी, बेरोजगार गोरखाली जनताहरुलाई साथ र सहयोग दिदै आउनुभएको छ । पछिल्लो समयमा झन भाइरसको अवस्था भयावह भएपछि सांसद समस्या समाधानको लागि आफै पुगेका हुन । सांसद दवाडीले भन्नुभयो यदि हजुरहरुलाई कुनै समस्या परेमा मलाई सिधै सम्पर्क गर्नुहोस्, तपाइलाई परेको समस्या समाधान गर्ने बाचा गर्दछु । मेरो राजनितिक जीवन तपाईहरुकै सेवाको लागि हो समेत भन्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com