साउन १३,काठमाडौं । यती खेर सामाजिक सन्जालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कमजाेर, बदनाम बनाउनका लागि पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षरकाे दुरुपयोग गरि मनोकल्पित रुपमा जुन कुराकाे सम्झाैता नै भएकाे छैन, त्यहि कुरा अंकित गरेर प्रचण्डलाई कमजाेर बनाउने नियतले किर्ते बनाएको पर्ती YCL का अध्यक्ष राम प्रसाद सापकोटाले आपत्ति जनएका छन
माओवादी केन्द्रको लेटर प्याड प्रयोग गरी एक किर्ते विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रको छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग भएको भन्दै आपत्ति जनाएको छ । अमेरिकि मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी को समर्थनमा नेकपा माओवादी केन्द्रका अक्षध्य पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको भनिएको वक्तव्य झुठो रहेको उनको सचिवालयले जनाएको छ। बुधबार मन्त्रीपरिषद बिस्तारका सम्बन्धमा प्रचण्डले जारी गरेको भन्दै सामाजिक सञ्जालमा वक्तव्य साझा गरिएको थियो। तर प्रचण्डका स्वकिय सचिव विष्णु सापकोटाले सो पत्र झुठो रहेको बताएका हुन्।
उनले भने, ‘त्यो पत्र झुठो हो, अफवाह हो,अध्यक्षबाट वा स्थायी कमिटीबाट त्यस्तो पत्र जारी भएको छैन। बदनाम गर्न नक्कली पत्र बनाइयो।’
राम प्रसाद सापकाेटा दिपसिकाले पनि पत्र झुटाे हाे र यस तर्फ प्रहरीकाे ध्यान जाओस भन्दै यस्ताे लेखे “भ्रम र अफवाहको पनि हद हुन्छ नि ! साईवर स्याल या अरू स्याल कसको काम हो । कानुनि उपचार त खोजिन्छ नै । अर्को कुरा बुझ हामीले यस्तो गर्ने सिप नभएर नगरेको होईन, यस्तो गर्नु हॅुदैन भनेर नगरेको हो । हामी नेपाल प्रहरीको ध्यानकर्षण गराउन चाहन्छौ । तत्काल कानुनी कठघरामा ल्याईयोस् !”
स्यालहरु फ्याउरोमा घटुवा भएछन् भन्दै रन्जित तामाङ भने साईबर स्यालहरुमा प्रविधिक एवं राजनीतिक अनुभव कम देखियो। अर्को कुरा हाम्रो पार्टीले जानी-जानी गल्ति नगर्ने र गठबन्धनलाई नै विवाद रहित बनॉउदै अघि बढ्ने रणनीति अख्तियार गरेको जानकारी गराईन्छ। साथीहरुलाई दुष्प्रचारमा धेरै दू:ख नगर्न अनुरोध छ।
गंगा दाहालले वक्तव्य झुठाे भन्दै आफ्नाे फेसबुक मार्फत यस्तो भनेकि छन । “जस्तो स्कुलिगं उस्तै बिधार्थी सिकेकै यस्तै छ त उस्ले गर्ने नै यस्तै हो, यस्तो भ्रामक हर्कतहरु बाट सचेत हुन हार्दिक अनुरोध छ।सामाजिक सञ्जालमा प्रचण्डले जारी गरेको भन्दै साझा गरिएको पत्रमा एमसीसीको समर्थन गरिएको र कार्यान्वयनका लागि तल्लो तहसम्म लैजाने उल्लेख छ।

