सबैलाई पठाउनु होला

काठमाडौं –    बजेट घोषणा पछिको चौथो दिन पनि लगातर सेयर बजार घटेको छ । बुधबार ७ अंक मात्रै घटेको बजारमा बिहीबार भने थप संकट देखिएको । बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ वटा राताम्य हुँदा म्युचलफण्ड उपसमूह मात्रै ०.१५ प्रतिशतले बढ्यो ।

बिहीबार नेप्से परिसूचक १८.२६ अंकले घटेर २१ सय १२.४७ को बिन्दुमा आइपुगेको छ । कारोबारमा आएका २२७ कम्पनी मध्ये १४९ कम्पनीको सेयर मूल्य घट्दा कुल कारोबार रकम १ अर्ब १६ करोड मात्रै रहेको छ  ।

घटेको बजारमा ३९ कम्पनीको सेयर मूल्य बढ्यो भने ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन देखिएन ।

बलेफी हाइड्रोको सेयर मूल्य ९.९७ प्रतिशतले बढ्यो भने माउण्टेन इनर्जी, उपकार लघुवित्त लगायतका कम्पनीको लगानीकर्ताले बजारबाट ४ प्रतिशत हाराहारी कमाई गरेका छन्  ।

यस्तै प्रभु लाइफ इन्स्योरेन्स,उन्नती सहकार्य लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक लगायतका कम्पनीले बिहीबार दोस्रो बजारबाट धेरै गुमाएका  छन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com