सबैलाई पठाउनु होला

काठमाडौं –   तीन चर्चित कलाकार राजाराम पौडेल, प्रेमराजा महत र किरण केसी पनि रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा सहभागी भएका छन् ।

राष्ट्रिय सभागृहमा आयोजना भएको पार्टी घोषणा समारोहमा यी तीन कलाकारले उपस्थित भएर समर्थन जनाएका छन्  । लामिछानेको नयाँ पार्टीप्रति समर्थन रहने जानकारी उनीहरुले दिएको स्रोतले दिएको छ ।

‘उहाँहरुले पार्टीलाई सघाउने जानकारी दिनुभएको छ,’ रवि लामिछाने समूहका एक सदस्यले  भने, ‘रविजीले पार्टी गठनअघि उहाँहरुसँग पनि परामर्श गर्नुभएको थियो ।’

यी तीनैजना रवि निकट मानिन्छन् । किरण र राजारामका फिल्मको प्रिमियरमा रविले पनि भाग लिने गरेका थिए । ‘सिमसिमे पानी’ फेम्ड गायक महत र रवि अमेरिकामा रहँदैदेखि निकट बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com