सबैलाई पठाउनु होला

मकवानपुर –   खोलामा पुल नहुदा लामो समयदेखि समस्या भोग्दै आएका मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका–१ मा झोलुङ्गेपुल निर्माण गरिएको छ ।

वडा नं १ मा रहेको वुदुने खोलामा रु ५० लाख १६ हजार ११३ को लागतमा उक्त पुल निर्माण गरिएको गाउँपालिकाले जनाए  । एक सय १८ मिटर लम्बाइ रहेको सो पुलको उद्घाटन गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले आज गर्नुभएको छ  ।

गाउँपालिकाको आर्थिक र राडो नेपालको प्राविधिक सहयोगमा निर्माण भएको उक्त पुलको निर्माणबाट वडा नं १ का उक्त क्षेत्रका ३०९ घरपरिवार लाभान्वित भएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभएको छ  ।

साथै पुलको निर्माणले त्यहाँको चालिसे तथा जिम्मर खोला समेट्ने गरी पुलको निर्माण भएकाले स्थानीय बासिन्दालाई आउने र जाने समस्या हटेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com