सबैलाई पठाउनु होला

काठमाडौँ –   राष्ट्रिय समाचार समिति (रासस) ले आफ्ना समाचार सेवाहरुको विविधिकरणका क्रममा श्रव्यदृष्य (भिडियो) सेवा पनि छिट्टै सञ्चालनमा ल्याउने भएको छ ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाको उपस्थितिमा आज रासस केन्द्रीय कार्यालय, काठमाडौँमा रासस र फिल्म क्रिउ नेपाल प्रालि, नक्सालका बीच श्रव्यदृष्य सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ  ।

श्रव्यदृष्य सेवा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा राससका तर्फबाट महाप्रबन्धक सिद्धराज राई र फिल्म क्रिउ नेपालका बजार प्रबन्धक मनिष प्रसाईंले हस्ताक्षर गर्नुभएको छ  ।

नेपालमा सञ्चालनमा रहेका टेलिभिजन च्यानलहरुसहित अनलाइन सञ्चारमाध्यमको समेत अनुरोध बमोजिम सञ्चालन हुन लागेको रासस भिजुअल सेवा रासस केन्द्रीय कार्यालयस्थित स्टुडियोबाट उत्पादन र वितरण हुनेछ ।

विसं २०१८ फागुन ७ गते स्थापना भएको राज्यद्वारा सञ्चालित राससमा हाल नेपाली र अङ्ग्रेजी भाषामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारहरु, तस्बीर र अडियो सेवा सञ्चालित रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com