बाराको परवानीपुरमा मंगलबार राति धारिलो हतियार प्रहार गरी आमा छोराको हत्या भएको छ। परवानीपुर गाउँपालिका–१ रहरियाडीकी ४५ वर्षीया सुमित्रा देवी र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको हो।
घटनामा सुमित्रा देवीका श्रीमान् जगरुप महतो र छोरी किरण कुमारी गम्भीर घाइते भएका छन्। उनीहरूको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार राति करिब १२ बजेतिर घटना भएको हो। हतियार कसले प्रहार गरेको हो भन्ने खुल्न सकेको छैन।
आमा र छोराको शव घरभित्रै फेला परेको छ। घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुर प्रयोग गरिएको र थप अनुसन्धान जारी रहेको बाराका प्रहरीले जानकारी दिएको छ।

