नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले एक घण्टा भित्र अपहरण गर्ने भनि दिएको अडियोे बाहिरिएको छ। आफुलाई केपी ओलीको छोरा र साइवरसेनाको प्रधानसेनापति दावी गर्ने भट्टराईले महोत्तरीको बर्दिवासका अनिल कुमार पासवानलाई अपहरण गर्ने धम्की दिएको अडियोमा बाहिरियको छ । उक्त फोन बार्तामा मुख चाडदै अपहरणको धम्की दियका छन .
ओली प्रिय पात्र मानिने उनी ओलीकै कृपाबाट रेलवे कम्पनीको महाप्रवन्धक पद पाएका भट्टराईले फोन मार्फत पासवानलाई धम्की दिदै भनेका छन्- ‘केपी ओलीको छोरो हुँ, तलाई एक घण्टाभित्रै अपहरण गर्न
माघ ३० सोनाम ल्होसारका दिन भएको दुई पक्षबीचको विवादमा महाप्रवन्धक भट्टराई नसामा लठ्ठ परेर बोलेको सुन्न सकिन्छ।
यस्तो छ भट्टराई र पासवानको सम्पादित कुराकानी
गुरु–मेरो घर बर्दिवास २ हो, रेलवे कम्पनीकाे महाप्रबन्धक हुँ म, त चै को होस तेरो परिचय के हो ?
पासवान– त मलाई धम्की दिने को होस ?
गुरु–त मु…….लाई एक घण्टाभित्रै अपरहण गर्न सक्छु , गर्न सकिन भने म बाउको छोरो होइन। …… गाली गलौज…… त प्रचण्डको गफ गर्छस् ?
पासवान– मलाई प्रचण्डको थाहा छैन ।
गुरु–……. गाली गलौज…. के केपी ओलीको छोरो हु, तँ कस्को छोरो होस ?
पासवान– म राष्ट्रसेवक राष्ट्रभक्त हुँ……..मा……
गुरु– के केपी ओलीको छोरो हु, क कस्को छोरो होस भन न्।
पासवान– त साइवर सेना, महेश बस्नेतको धाक दिने ?
साँझ पुन: पासवान नाम गरेका व्यक्तिले भट्टराईलाई फोन गर्छन। तर फोन भने भट्टराईको बहिनी बताउने एक महिलाले उठाउँछिन। पासवानले पटक-पटक भट्टराईलाई फोन दिन आग्रह गर्छन तर ती महिलाले भट्टराई सुतिसकेको र राती डिष्टर्व नगर्न भन्छिन्। उनी खास के भएको बुझ्न खोज्छिन् तर पासवान भने भट्टराईसँग नै कुरा सोध्न भन्छन्। यस्तो छ उनीहरुबीचको कुराकानी(सम्पादित अंश)
महिला–राती फोन गर्नुभको छ, के भयो भन्नुस्।
पासवान–त्यो जडिया कहाँ छ, मलाई बिहानै देखि गाली गर्ने ?
महिला–तपाईको परिचय के हो ?
पासवान–तपाई जडियाको को हो, उसैलाई नै सोधन, तिमि उसको श्रीमति हो ?
महिला– म उहाँको बहिनी हो, मैले तपाईलाई रेस्पेक्ट गरेर बोलिराको छु , तपाई कस्तो भाषा बोल्दै हुनुहन्छ ?
पासवान– म जनतामाविबाट एसएएल सी पास गरेको , बिजलपुर हो घर मलाई धक्की दिने, गाली गलौज गर्ने ?
महिला– जनता माविबाट हजारौले एसएलसी पास गर्छन, त्यतीमात्र हो तपाईको परिचय ?
पासवान–जनतामावि डाडाटोलको मान्छेलाई धम्की दिने, तिमी उसलाई फोन देउ।
महिला–उहाँ अर्को कोठामा गइसक्नुभयो, अव दुई चार दिन यो फोन मसंगै नै हुन्छ। (महिलाले अर्को कोठामा गएको भनेपनि पुरुषको स्वर पछाडी सानो स्वरमा सुनिन्छ।)
पासवान–ल तपाइसंग मेरो सान्दर्भिकता मिलेन।
महिला– खासमा के कुरा हो, किन रिसाउनुभयो, मिल्ने कुरा छ भने मिलेर जाऔं।
पासवान–त्यसले मलाई बिहानैदेखि गाली गलौज गर्ने, कसरी त्यो…… रेलवेको महानिर्देशक भयो ?
महिला– तपाईको परिचय चै के हो ?
पासवान–त्यो पहाडको भट्टराई भनेर धम्की दिने, म पनि तराईको पासवान हुँ, अनिल कुमार पासवान हो मेरो नाम।
महिला–(हिन्दीमा) आपका समस्या क्या हे ? (उनलाई पछाडीबाट हिन्दीमा बोल्न भनिन्छ)
पासवान–त्यो जडियाले मलाई बिहानै देखि गाली गर्ने, सोनाम ल्होछारमा बिहानैदेखि जाड खाएर मलाई गाली गर्ने ?
महिला–तपाईको समस्या भन्नु भएन म फोन राख्छु ?
पासवान–मलाई हिन्दी बोल्न आउदैन, गल्ती गरेको भए कारवाही भोग्न तयार छु।
फोन काटिन्छ…. यो कुराकानी करिव ११ मिनेट ५७ सेकेण्डको रहेको छ।
यसरी नै उनीहरुबीचको कुरा अघि बढ्छ…

