सबैलाई पठाउनु होला

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले घुस प्रकरणमा दुई जनालाई पक्राउ गरेको छ।

प्रहरी वृत्त मालीगाउँ, काठमाडौंमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउतलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता गराइदिन सहयोग गर्ने नाममा सेवाग्राहीसँग घुस लिएको आरोपमा नियन्त्रणमा लिइएको हो। आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका–५, गहनापोखरीबाट २० हजार रुपैयाँ नगद र मोबाइल फोनसहित पक्राउ गरेको हो।

प्रवक्ता सुरेश न्यौपाने का अनुसार प्राप्त उजुरी र सूचनाका आधारमा मंगलबार उनलाई नियन्त्रणमा लिइएको हो। यस विषयमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

यसैगरी, रौतहट जिल्ला अदालत मा कार्यरत कर्मचारी डिट्ठा लवकुमार सिंहलाई पनि सेवाग्राहीसँग घुस–रिसवत लिएको आरोपमा पक्राउ गरिएको छ। आयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले गौर नगरपालिका–१ स्थित अदालत परिसरबाट उनलाई ५० हजार रुपैयाँ नगद र एक थान मोबाइलसहित नियन्त्रणमा लिएको हो।

दुवै घटनामा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com