सबैलाई पठाउनु होला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भदौ २३ र २४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अघोषित नेतृत्वमा ‘रंगक्रान्ति’ भएको दाबी गरेको छ।

बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा ले उक्त क्रान्ति अवैधानिक ढंगले सम्पन्न भएको दाबी गरे। उनले फागुन २१ गते सम्पन्न आम निर्वाचनमार्फत ‘नीलो क्रान्ति’ लाई वैधानिकता प्रदान गरिएको उल्लेख गरे।

थापाले चैत १३ गते धार्मिक अनुष्ठानसहित बालेन्द्र शाह लाई प्रधानमन्त्रीको रूपमा सपथ ग्रहण गराइएको पनि बताए। उनले उक्त घटनालाई ऐतिहासिक भन्दै रास्वपाका तर्फबाट नेतृत्व गरिएको सरकारप्रति एमालेको तर्फबाट बधाई व्यक्त गरे।

उनले उक्त परिवर्तनमा नेपाली सेना, प्रशासनिक संयन्त्र (ब्युरोक्रेसी), सुशीला कार्की नेतृत्वको सरकार, ‘कार्की आयोग’ र ‘बारबारा फाउण्डेशन’ को समेत भूमिका रहेको दाबी गरे।

एमाले नेताको यस्तो अभिव्यक्तिप्रति अन्य दलहरूको प्रतिक्रिया भने आउन बाँकी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com