सबैलाई पठाउनु होला

गुनासो चौतारी,  सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएकी जन्मकैद सजाय प्राप्त अभियुक्त असनबाट समातिइन्

काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएकी अपहरण, हत्या र डाका चोरी मुद्दाकी अभियुक्त सपना तामाङ पक्राउ परेकी छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गएराति काठमाडौंको असन क्षेत्रबाट पक्राउ गरेको हो ।

कार्यालय प्रमुख सन्तोष खड्का का अनुसार जन्मकैद सजाय भोगिरहेकी तामाङ फरार भएपछि कारागार प्रशासनले खोजीका लागि समन्वय गरेको थियो । त्यसपछि निरन्तर निगरानी र खोजी अभियान चलाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई भाग्न सहयोग गरेको आरोपमा भोजपुर घर भएका २६ वर्षीय समिर श्रेष्ठ लाई समेत पक्राउ गरेको जनाएको छ ।

कारागार प्रशासनका अनुसार, सपना तामाङ शनिबार राति करिब साढे १ बजे कारागारको पर्खाल नाघेर फरार भएकी थिइन् । २४ सै घण्टा सुरक्षा निगरानीमा रहने केन्द्रीय कारागारबाट उनी कसरी भाग्न सफल भइन् भन्ने विषयमा अहिले विस्तृत अनुसन्धान भइरहेको छ ।

जिल्ला अदालत रसुवा जिल्ला अदालत ले उनलाई जन्मकैद सजाय सुनाएको थियो । त्यसपछि उनलाई केन्द्रीय कारागारमा राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com