सबैलाई पठाउनु होला

काठमाडौँ  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंह ले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित रहेको विषयलाई लिएर कडा आपत्ति जनाएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले सरकारले “नयाँपन” को नाममा संसदीय परम्परा र अभ्यासहरू भत्काउने काम गरिरहेको आरोप लगाए। उनले बजेटसम्बन्धी छलफल हुँदा अर्थमन्त्री अनिवार्य रूपमा संसद्मा उपस्थित रहने संसदीय अभ्यास रहेको स्मरण गराउँदै त्यसलाई बेवास्ता गर्नु संसद्को गरिमा र औचित्यमाथिको प्रहार भएको बताए।

उनले परराष्ट्रमन्त्रीले बजेट निर्माण नगर्ने भएकाले बजेटसम्बन्धी गम्भीर छलफलमा अर्थमन्त्री नै उपस्थित हुनुपर्ने स्पष्ट पारे। “यदि यस्ता परम्पराहरू निरन्तर भत्काउँदै जाने हो भने संसदीय व्यवस्था नै कमजोर बन्छ,” भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।

सांसद सिंहले आफू पाँच पटक सांसद भइसकेको उल्लेख गर्दै बजेटमाथिको छलफलमा अर्थमन्त्री अनुपस्थित भएको घटना पहिलो पटक देखेको बताए। उनले संसद्लाई कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने चेतावनीसमेत दिए।

सांसद अमरेशकुमार सिंहको भनाइ:

“वास्तवमा परम्परा तोड्ने नाममा सबै परम्परा तोडियो । बजेट विनियोजन प्राथमिकता हुँदाखेरी अर्थमन्त्री जहिले पनि बस्ने सिस्टम थियो । परराष्ट्रमन्त्रीले बजेट बनाउने होइन । परराष्ट्र मन्त्रालयको बजेट त्यही जान्छ । हामी पाँच चोटीको सांसद पनि सबै परम्परा भत्काउँदै गयौँ भने यो संसद्को औचित्य समाप्त हुन्छ । पार्लियामेन्ट्री सिस्टम समाप्त हुन्छ ।”

गुनासो चौतारी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com