सबैलाई पठाउनु होला

काठमाडौं, २६ जेठ २०८३ । जिल्ला काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित चेकपोस्टमा प्रहरीले भन्सार छली गरी ल्याइएको ठूलो परिमाणको मोबाइल फोन बरामद गरेको छ।

मिति २०८३ जेठ २६ गते बिहान करिब ९:४५ बजे बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ६५६६ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गा लगायतको संयुक्त प्रहरी टोलीले नियमित चेकजाँच गर्ने क्रममा चालक सिटको छेउमा रहेको कालो झोलाबाट बिल बीजकविहीन १४ थान आइफोन फेला पारेको हो। बरामद मोबाइल फोनहरूको अनुमानित मूल्य करिब ७ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी उक्त मोबाइलहरू त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा दाखिला गरिएको छ।

प्रहरीले भन्सार छली तथा अवैध रूपमा सामान ओसारपसार गर्ने कार्यविरुद्ध निगरानी तथा कारबाहीलाई निरन्तरता दिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com