सबैलाई पठाउनु होला

‘हामी बालेनको पुलिस होइन,  केपी ओलीलाई  प्रहरी यहि हो ’ उनले भनेका थिए, “म भोट हालेर वा टीका लगाएर आएको होइन। यो बर्दी राष्ट्रपतिले पनि लगाउन पाउनुहुन्न। म लोकसेवा आयोगको खुला प्रतिस्पर्धाबाट १०२ जनामध्ये छनोट भएर आएको हुँ। हामी मेरिटका आधारमा आएका प्रहरी हौँ, दारु भात खाएर आएका होइनौँ।”

 

गुनासो चौतारी समाचार:

धनगढी । इलाका प्रहरी कार्यालय सुख्खड, कैलालीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बोलाइएको छ। हालै सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिबारे स्पष्टिकरण तथा सोधपुछका लागि उनलाई जिल्ला प्रहरी कार्यालय तानिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

केही दिनअघि आयोजित एक कार्यक्रममा डीएसपी चौधरीले नेपाल प्रहरी कुनै व्यक्ति, राजनीतिक दल वा सरकारको नभई संविधान र कानुनअनुसार सञ्चालन हुने व्यावसायिक संगठन भएको बताएका थिए। सोही क्रममा उनले, “हामी बालेनको पुलिस पनि होइन, नेपाल प्रहरी हौँ। आवश्यक परे केपी ओलीलाई पनि थुन्ने यही नेपाल प्रहरी हो,” भन्ने अभिव्यक्ति दिएका थिए।

उक्त भनाइको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भएपछि व्यापक चर्चा र बहस सुरु भएको थियो।

कार्यक्रममा उनले आफू लोकसेवा आयोगको खुला प्रतिस्पर्धाबाट छनोट भई प्रहरी सेवामा प्रवेश गरेको उल्लेख गर्दै संगठनको व्यावसायिकता र निष्पक्षतामाथि जोड दिएका थिए।

उनले भनेका थिए, “म भोट हालेर वा टीका लगाएर आएको होइन। यो बर्दी राष्ट्रपतिले पनि लगाउन पाउनुहुन्न। म लोकसेवा आयोगको खुला प्रतिस्पर्धाबाट १०२ जनामध्ये छनोट भएर आएको हुँ। हामी मेरिटका आधारमा आएका प्रहरी हौँ, दारु भात खाएर आएका होइनौँ।”

उनको अभिव्यक्तिपछि उत्पन्न सार्वजनिक चासो र विवादका बीच जिल्ला प्रहरी कार्यालय कैलालीले आवश्यक बुझाइका लागि उनलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको जनाएको छ।

गुनासो चौतारी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com