सबैलाई पठाउनु होला

जलबीरे नजिक दुर्घटना, केही यात्रु घाइते; राजधानी एक्सप्रेसका चालक गम्भीर

गुनासो चौतारी

चितवन, साउन ३  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिकै शनिबार बिहान दुईवटा बस एकआपसमा ठोक्किँदा सडक अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय चितवनका अनुसार दुर्घटनामा परेका बसहरू हटाउने काम जारी रहेको छ। दुर्घटनामा केही यात्रु घाइते भएका छन् भने घाइतेको यकिन संख्या सार्वजनिक गरिएको छैन।

दुर्घटनामा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको निलो रङको बस र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको राजधानी एक्सप्रेस बस ठोक्किएका हुन्। दुर्घटनामा राजधानी एक्सप्रेसका चालक गम्भीर घाइते भएका छन्।

वर्षा र पहिरोको उच्च जोखिमका कारण जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि उक्त सडकखण्ड बन्द गराएको थियो। सडक आइतबार बिहान ६ बजे सञ्चालनमा आएलगत्तै सवारीसाधनको चाप बढ्दा लेन अनुशासन उल्लङ्घनका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

सडक डिभिजन कार्यालयले चालकहरूलाई सीमित गतिमा, लेन अनुशासन पालना गर्दै सावधानीपूर्वक सवारी चलाउन आग्रह गरेको छ। दुर्घटनापछि सडकमा लामो जाम लागेको छ भने अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com