सबैलाई पठाउनु होला

१२ लाखबाट बार्गेनिङ हुँदै ५ लाखमा ‘डिल’, अख्तियारको टोलीद्वारा रंगेहात नियन्त्रण

सिरहा । सिरहाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित टोलीले रंगेहात पक्राउ गरेको छ।

आयोगका बर्दिबास कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङका अनुसार पाललाई कार्यालयभित्रै घुस रकमसहित नियन्त्रणमा लिइएको हो। घटनापछि मुचुल्का तयार गर्ने तथा अन्य आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार गोलबजारस्थित सिरहा सुपर मार्केटको आर्थिक वर्ष २०७८/७९ को कर परीक्षणका क्रममा पालले अनियमित रूपमा घुस मागेका थिए। उनले आफूभन्दा माथिका अधिकारीलाई समेत मिलाउनुपर्ने भन्दै सुरुमा १२ लाख रुपैयाँ घुस मागेका थिए। कम्पनीको आर्थिक अवस्था कमजोर रहेको बताएपछि दुवै पक्षबीच बार्गेनिङ हुँदै ५ लाख रुपैयाँमा सहमति भएको बताइएको छ।

कर परीक्षणका क्रममा सुरुमा कर, जरिवाना तथा अन्य शीर्षकमा करिब २ करोड रुपैयाँ कर दायित्व देखाइएको थियो। त्यसपछि थप ३०–३५ लाख रुपैयाँसम्म कर दायित्व बढ्न सक्ने भन्दै दबाब सिर्जना गरिएको आरोप छ।

अख्तियारले घुस रकम बुझ्ने क्रममा कर अधिकृत पाललाई रंगेहात पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

गुनासो चौतारी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com