प्रधानमन्त्री बालेनको मध्यरातको स्टाटस : ‘ढिला होला, तर गलत हुँदैन’
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लाग्ने बताएका छन्। शुक्रबार राति सामाजिक सञ्जालमार्फत उनले ढिलो भए पनि गलत नहुने भन्दै सबैलाई नआत्तिन आग्रह गरेका हुन्।
शाहले सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने बताएका छन्। साथै, कतिपय अवस्थामा एक्लै लड्नुपर्ने र आफूका लागि यो पहिलोपटक नभएको उल्लेख गरेका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’

