सबैलाई पठाउनु होला

पर्साको बिन्दवासिनी गाउँपालिका ५ बाट प्रहरीले करिब २०७ किलोग्राम गाँजा सहित एक पिकअप चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका १३ निवासी ४८ वर्षीय कृष्ण लामा रहेका छन्।

इलाका प्रहरी कार्यालय पोखरीया र प्रहरी चौकी प्रसौनीभाट्टाको संयुक्त टोलीले प्रदेश ३–०१–०२४ च ५३८५ नम्बरको पिकअप जाँच गर्ने क्रममा बोरामा लुकाएर ल्याइएको गाँजा बरामद गरेको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com