१८ भदौ, काठमाडौं । नेपाली सेनाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित विभिन्न क्षेत्रबाट ६ जनाको उद्धार गरेको छ।
सेनाका अनुसार बिहीबार बिहान ११ बजेसम्म बाढी प्रभावित विभिन्न इलाकामा खोज तथा उद्धार कार्य सञ्चालन गरी ६ जनालाई सुरक्षित रूपमा उद्धार गरिएको हो।
नेपाली सेनाले सार्वजनिक गरेको बुलेटिनमा प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका काम निरन्तर जारी रहेको उल्लेख गरिएको छ।
भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवासहित तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको छ। बाढीपछि प्रभावित तथा जोखिममा रहेका नागरिकको खोजी र उद्धारमा नेपाली सेनासहित अन्य सुरक्षा निकाय परिचालित छन्।

