१९ भदौ, काठमाडौं । नुवाकोट राहत वितरण केन्द्रले वडाध्यक्षको सिफारिसमा बाढीबाट प्रभावित नागरिकलाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने भएको छ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले सूचना जारी गर्दै बाढीबाट प्रभावित, असहाय, अशक्त तथा दैनिक उपभोगका सामग्री अभाव भएका व्यक्तिले राहत लिन सक्ने जनाएका छन्।

सूचनाअनुसार वडाध्यक्षको सिफारिस वा मौखिक जानकारीका आधारमा समेत राहत उपलब्ध गराइनेछ।

नुवाकोटका लाभग्राहीले विदुरस्थित जिल्ला समन्वय समितिको हलमा रहेको राहत वितरण केन्द्रबाट दैनिक उपभोग्य सामग्री प्राप्त गर्न सक्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com