काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको स्वास्थ्य अचानक बिग्रेको छ । उहाँ पार्टी पदाधिकारी बैठकबाट निस्केर अस्पताल जानु भएको हो ।
जसपाको पदाधिकारी बैठक वर्तमान राजनीतिक निकासका लागि छलफल गर्न आज पार्टी कार्यालय बालकुमारीमा बसिरहेको छ । जानकारी अनुसार बैठक जारी रहँदा उहाँ बैठकबाट बाहिरिनु भएको हो ।
अध्यक्ष डा. भट्टराई नियमित स्वास्थ्य जाँचका लागि अस्पताल जानुपर्ने भएका कारण बैठकबाट बाहिरिनु भएको हो । लामो समयदेखि पूर्वप्रधानमन्त्री भट्टराई पेटको समस्याबाट पीडित हुनुहुन्छ ।
उहाँ स्वास्थ्य जाँचका लागि फागनु १० गते भारत पनि जानुभयो । भारत गएपछि इन्डाक्राइनको ट्युमर लोकेट भएको थियो त्यसको अपरेशन बाँकी छ । उहाँको अहिले वीर अस्पतालमा प्री टेस्ट भइरहेको छ अब एक दुई दिनमा भर्ना हुने तयारी गरिएको पनि जनाइएको छ । भर्ना हुने तयारी नै थियो । तर अचानक पेट दुखाई बढेकाले आज नै जानुभएको बुझिएको छ ।

