बागलुङ । कोरोना विरुद्ध दुई डोज खोप लगाएका बागलुङका दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार बागलुङका १५ जनामा कोरोना पोजेटिभ देखिएकोमा दुवै डोज खोप लिएका दुई जना स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
दुई महिला स्वास्थ्यकर्मीले दुई डोज कोरोना खोप लगाएपनि कोरोना सक्रमण देखिएकाले थप सर्तकता रहन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
‘खोप लगाएको भनेर ढुक्क हुने अवस्था छैन’ जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोराना फोकल पर्सन देव प्रकाश घिमिरेले भन्नुभयो ‘जिल्लामा थप सचेतता अपनाउन जरुरी हुन्छ नत्र अवस्था चिन्ताजन हुनेछ ।’ १४ जना पीसीआर र एक जना एन्टिजिन परिक्षणमागरी १५ मगलबार कोरोना संक्रमण पुष्टी भएको छ ।

