सबैलाई पठाउनु होला

सामाजिक काममा सहभागी जनाऔं ।।

आफ्नो गाउँ आफै बनाऔं

 

सामाजिक सांस्कृतिक धरोहर नै , देशभक्ति र राष्ट्रियताको आधार हो। कुनै देशको आफ्नो सांस्कृतिक आधार समाप्त भयो भने त्यो देशको पहिचान, परिचय र राष्ट्रियता पनि स्वतः समाप्त हुन्छ। बलियो सांस्कृतिक जग,बलियो सम्पन्नताको सूचक पनि हो ।

 

यसैलाई मध्य नजर राख्दै स्थानीय बिकाशमा युवाहरु जुट्दै हामीले हाम्रो गाउँ नबनाए कसले बनाउने भन्ने नारा साथ गोर्खा जिल्लाको सिरान्चोक गाउपालिका ८ जौबारीका युवा शक्तिहरु एक जुटभएर ( हामी युवा देश बिकाश लागि टेवा ) भन्ने अभियान जि के पनेरुको संयोजनमा सिजर भट्ट , सुरेश गुरुङ र रबि गुरुङ लगाएतका २५ जनाको कार्यसमिति बनाइएको छ ।

स्थानीय स्तरमा विकासको साथै लोकसंस्कृतिको जगेर्ना पनि हामी यूबाको दायीत्व हो । यसैलाई मध्यनजर गर्दै हामी स्थानी बसिको अहिलेको आवश्यकता शिव मन्दिर , पार्क, र कुनैपनि कार्यक्रम, समारोह गर्न मिलने गरी भौतिक संरचना बनाउने संगै सार्बजनिक स्थल निर्माण गरि देश ब्यापीरुपमा निरन्तरता दिने सकल्प गर्दै यस्तो सामाजिक विकासका काममा नहटी डटेर अगाडि बढ्ने भन्दै संयोजक जी के पनेरुले जनाकारी गराए ।

 

यस सामाजिक काममा सहयोगी हातहरु पनि जोडिरहनु भएको छ । सम्पूर्ण सहयोगी मनहरुमा धन्यवाद पनि दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com