झापा । प्रहरीले झापाका दुई छुट्टाछुट्टै स्थानबाट भन्सार छली गरि ल्याएका सामान बरामद गरेको छ । प्रहरीले अन्दाजी ७ लाख ७५ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-४, आमडागीबाट शनिवार राती साँढे ९ बजे अन्दाजी २ लाख ७५ हजार रुपैयाँ बराबरको जुस, लत्ता कपडा र सुर्तीजन्य पदार्थ बरामद गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकारी नविनराज राईले जानकारी दिए ।

यसैगरी ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिवार राती पौने ११ बजे मेचीनगर नगरपालिका-६ बाट भारतबाट नेपाल तर्फ अवैध रुपमा भित्र्याउँदै गरेको अन्दाजी ५ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ ।

अवैध रुपमा ल्याइएका सामानहरु आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com