साउन ४,काठमाडौं । भगवान शिवको प्रिय महीना मानिने साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । कोरोनाका कारण मन्दिर बन्द गरिए पनि भक्तजनहरुको उल्लेख्य उपस्थिति छ ।

बिहानैदेखि मन्दिर परिसरमा भक्तजनहरु शिव पूजनका लागि फूलमाला र अक्षता बोकेर पशुपतिनाथ पुगेका थिए । मूल मन्दिर बन्द भएका कारण भक्तजनहरुले पूजा गर्न पाएनन् । तर भक्तजनहरुले वरपरका मन्दिर परिक्रमा र मूर्ति पूजा गर्दै शिवलिङ्गमा जल चढाएर महादेवको पूजा गरेका छन् ।

मन्दिर परिसरमा पुगेका मानिसहरुले भने कोरोनाको महामारीलाई बेवास्ता गरिएको दृश्यमा देख्न सकिन्छ । त्यहाँ उपस्थित भक्तजनहरुले भौतिक दूरी पालन गरेका थिएनन् ।

कतिपयले त मास्कसमेत नलगाएको देख्न सकिन्छ । सूर्य मिथुन राशी भएर कर्कट राशीमा प्रवेश गरेको र दक्षिणायन शुरु भएको यो महिनामा भक्तजनहरु महादेवका मन्दिरमा गएर पूजा आराधना गर्दछन् । यसो गरेमा सम्पूर्ण मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com