साउन ५ गते मंगलवार :नेकपा एमाले भित्र बिबाद उच्च बिन्दुमा पुगेको छ |यसै क्रममा आज नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
उनीहरुले बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए । त्यसको विरोधमा युवा संघले लगातार
बिरोध प्रदर्शन गरिरहेको छ ।

