काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा गएराति विद्युत् सर्ट भएर आगलागी भएको छ। आगलागीबाट मुद्दा फाँटमा रहेका टेबल, कुर्सी र तीन वटा कम्प्युटरमा क्षति पुगेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन्।

प्रवक्ता कोइरालाका अनुसार आगलागीबाट महत्वपूर्ण मिसिल तथा फाइल भने सुरक्षित रहेका छन्।

उनले भने, “गएरातिको समयमा विद्युत् सर्ट भएर आगलागी भए पनि महत्वपूर्ण मिसिल फाइल सुरक्षित रहेको छ। ढोका बन्द गरेको अवस्थामा आगलागी भएकाले विद्युत् सर्ट भएको कुरा कार्यालय खोलेपछि मात्रै जानकारी भयो।”

२०८२ भदौ २४ गते भएको आगजनीपछि सर्वोच्च अदालतले एनेक्स भवन तथा निर्माणाधीन नयाँ भवनबाट आफ्नो काम सञ्चालन गर्दै आएको छ। हाल निर्माणाधीन भवनको एउटा भागमा इजलास तथा प्रशासनसम्बन्धी काम सञ्चालन भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com