साउन ७,काठमाडौं । । काठमाडौंबाट प्रहरीले गम्भीर अपराधमा संलग्नहरुलाई नियन्त्रणमा लिएको छ ।
देशको केन्द्रीय राजधानी काठमाडौंबाट दर्जन व्यक्तिहरु रंगेहात पक्राउ परेका छन् । काठमाडौँको भोटेबहालबाट लाखौँ नगदसहित १२ जुवाडेलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
स्थानीय दिनेशकुमार शेरचनको घरमा केही मानिसले हारजित हुने गरी अवैध रूपमा जुवातास खेलिरहेका छन्, भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा उनीहरूलाई पक्राउ गरेको हो ।
महानगरीय वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले घरधनी शेरचनसहित दोलखा चरिकोटका हरिशण थापा, भारतको रक्सौल घर भई काठमाडौँ बस्ने राहुल गुप्ता, धादिङ गङ्गाजमुनाका सुमन अधिकारी, काभ्रेपलाञ्चोकका क्षेत्रबहादुर मोक्तान, काठमाडौँ शान्तिनगरका ज्योतिप्रकाश श्रेष्ठ, काठमाडौँ जैसीदेवलकी रञ्जना प्रधान, बागलुङकी सिर्जना खत्री, धादिङ मलेखुकी सरिता मल्ल गुरुङ, काभ्रेपलाञ्चोकका लक्ष्मी बानियाँ, झापा हल्दीबारीका चिना नेम्वाङ र भारत गुजरातका पुष्पा अलीलाई पक्राउ गरेको छ ।

