साउन ७, काठमाडौं । टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेहरुको भीड लागेको छ । प्रमाणपत्र लिन आएकाहरुको ठेलमठेल छ ।

वैदेशिक रोजगारीमा जानेहरुलाई कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र अनिवार्य गरिएको छ । त्यसैले टेकु अस्पतालमा भेला भएकाहरु पनि धेरैजसो विदेश जान लागेकाहरु छन् । उनीहरु मुख्य गेटबाहिर प्रमाणपत्र लिन प्रतीक्षा गरिरहेका छन् । एक युवकले गएराति १२ बजेदेखि नै लाइनमा बसिरहेको बताए ।

टेकु अस्पतालबाट खोप लगाएको प्रमाण पत्र लिन आएकाहरुको लामो लाइन छ । कोरोना संक्रमणबाट जोगिन एकअर्काबीच दूरी कायम गर्नुपर्ने भए पनि त्यो नियम यहाँ पालना भएको छैन ।

खोप लगाएको प्रमाणीकरण टेकु अस्पतालबाट मात्र हुने भएकाले प्रमाणपत्र लिन आउनेहरुले सास्ती व्यहोर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com