साउन ७,काठमाडौ। नेकपा एमालेभित्रको आन्तरीक कलह मिलाउनका लागि नयाँ तरिका खोजिएको छ ।

अब अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई नै हटाएर नयाँ पुस्तामा अध्यक्ष हस्तान्तरण गर्ने रणनीति सुरु भएको छ ।

दोस्रो पुस्ताका शक्तिशाली नेताहरु नयाँ विकल्पमा अगाडि बढेको स्रोतको दावी छ ।

उहाँहरुले दुवै नेतालाई नेतृत्वबाट हटाएर दोस्रो पुस्तालाई चयन गर्ने तयारी गरेको सुचना बाहिर आएको हो ।

यो तयारी बमोजिम नेताहरुबीच छलफल पनि बनिसकेको थियो ।

नेकपा एमालेको एकताका लागि दोस्रो पुस्ताका केही नेताहरु अन्तिम समयसम्म सक्रिय रहनुभएका नेताहरुले तेस्रो विकल्पमा छलफल बढाइसकेको बुझिएको छ ।

पहिलो विकल्पमा ओली र नेपाल दुवैलाई अध्यक्ष राखेर जाने थियो । दोस्रो विकल्पमा ओलीले प्रधानमन्त्री या अध्यक्षमध्ये एक पद छाडेर जाने विषय थियो । यो सरकार ढल्नुभन्दा अघिको विषय थियो ।

दुवैमा सहमति बन्न नसकेपछि तेस्रो विकल्पमा नेतृत्वमा दुवै नेताबाहेककालाई अघि बढाउने तयारी छ । यो विकल्पमा अध्यक्ष ओली सकारात्मक हुनुहुन्छ ।

ओली नेपाललाई दोस्रो अध्यक्ष दिनपनि तयार हुनुहुन्छ । नेतृत्व हस्तान्तरणमा उहाँ सकारात्मक हुनुहुन्छ ।

तर, नेपाल त्यसका लागि तयार नभएको बुझिन्छ । उहाँ २ जेठ २०७५ को पार्टी कमिटीबाट अगाडि बढ्ने पक्षमा हुनुहुन्छ । त्यो बाहेकमा सहमत हुन नसकिने उहाँको अडान छ ।

दोस्रो पुस्ताका हस्तीहरुले पार्टी एकताका लागि प्रधानमन्त्रीमा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालबाहेक तेस्रो व्यक्तिलाई अगाडि सार्ने विषय यसअघि नै नेतृत्व तहमा प्रस्ताव राख्नुभएको थियो ।

ओली र नेपालसम्म यो विषय पुगेको थियो । तर, त्यो बेला नेता नेपालले स्वीकार नगरेको बुझिन्छ । तर अब माधवलाई एकल अध्यक्ष छोड्नुभन्दा नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्न ओली तयार हुनुहुन्छ । यसैलेपनि यो सहमति बन्न सक्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com