सबैलाई पठाउनु होला

 साउन १०, काठमाडौं । कतार प्रवेश गर्ने व्यक्तिले खोपको मात्रा पुरा गरेको १४ दिनपछि प्रवेश गरेमा क्वारेन्टिन बस्नु नपर्ने भएको छ । कतार सरकारले सो मुलुक प्रवेशबारे जारी गरेको नयाँ नियममा यस्तो प्रावधान राखिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

तर, यात्रुको साथमा कोरोना नेगेटिभ आएको ७२ घण्टा भित्रको रिर्पोट भने हुनुपर्छ । दूतावासका अनुसार कतारले फाइजर, वायोटेक, मोर्डेना, अष्ट्राजेनिका कोभिशिल्ड/अक्सफोर्डर जोन्सन एण्ड जोन्सनको खोपलाई मात्र कतारमा मान्यता दिइएको छ ।

यो खोप लगाएका व्यक्तिको सातमा खोप लगाएको प्रमाणपत्र साथमा हुनुपर्छ । प्रमाणपत्रमा खोप लगाइएको मिति, खोपको नाम/प्रकार, उपलब्ध भएमा खोपको लट नम्बर खोप लगाउने निकायको छाप हुनुपर्ने दूतावासले जनाएको छ । सिनोर्फम खोप लगाएका व्यक्तिले भने उनीहरुको एण्टिबडी परीक्षण गरिने छ ।

सो बेला पोजेटिभ आएमा क्वारेन्टिन बस्नुपर्छ  नेगेटिभ देखिएमा समेत होटेल क्वारेन्टिन बस्नुपर्ने छ । कतारमा कोभिड संक्रमण भई निको भएको १२ महिनाभित्र कतार पुनः प्रवेश गर्ने यात्रुले क्वारेन्टिन बस्नु पर्ने छैन ।

खोपको मात्रा पुरा नगरेका, खोपको मात्रा लगाएको १४ दिन पुरा नभएको वा खोप नलगाएका यात्रुले भने अनिवार्य डिस्कोभर कतार वेवसाइटमा बुकिङ गरि १० दिन होटेल क्वोन्टिन वा १४ दिन मेखाइनिस क्वारेन्टिन बस्नु पर्ने नेपाली दूतावासले जनाएको छ ।

कतारमा यात्रा गर्नुभन्दा कम्तिमा १२ घण्टा अगाडि वेवसाइटमा अनलाइन माध्यमबाट प्रि-रजिस्ट्रेसन गरे आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने ट्राभल परमिट समेत साथमा बोक्नु पर्ने भएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com