साउन १५, इलाम। इलामको सूर्याेदय नगरपालिका–८, मालुममा रहेको रक्तकाली चिया उद्योगमा गएराति आगलागी भएको छ। विद्युत् सर्ट भइ आगलागी हुँदा ३ करोड रुपैयाँभन्दा बढी क्षति अनुमान गरिएको छ।
सिद्धिखोलानजिकै रहेको उद्योगमा राति सवा १ बजेतिर आगलागी भएको फिक्कल प्रहरीले जनाएको छ। दिनेश माझीको नाममा रहेकोउद्योग आगलागीबाट पूर्ण रूपमा नष्ट भएको र उद्योगीलाई ३ करोड रुपैयाँको क्षति भएको प्रहरीको भनाइ छ। प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र वारुणयन्त्रको सहयोगले आगो नियन्त्रणमा आएको हो।

