साउन १७,काठमाडाैं ।    बुद्ध एयरले आजदेखि पोखरा-नेपालगञ्ज सिधा उडान सुरू गरेको ।आइतबार बिहान पोखराबाट नेपालगञ्ज उडान गरी नियमित उडान सुरु गरेको बुद्ध एयरका सञ्चार व्यवस्थापक दीपेन्द्र कर्णले जानकारी दिए। उनका अनुसार पाेखराबाट बिहान ९ः१० मा र नेपालगञ्जबाट १० बजे उडान भएको हाे।

सुरूमा साताको तीन दिन आइतबार, बुधबार र शुक्रबार हुने नियमित उडान अन्तर्गत आज पोखराबाट १८ यात्रु र नेपालगञ्जबाट १७ यात्रुले यात्रा गरेको कर्णले जानकारी दिए।

‘पर्यटकीय दृष्टिकोणबाट पोखरा-नेपाजगञ्ज उडान सुरु गरिएको हो। आज पहिलो उडान सुरू भयाे। आवश्यक परे अरु उडान पनि थपिने छ,’ उनले बताए। यस उडानबाट नेपालगञ्ज नजिक रहेका भारतीय शहरहरू लखनउ, कानपुर आदि गन्तव्यका पर्यटक पनि यो उडानमा आकर्षित हुने बुद्ध एयरले जनाएको छ।१८ सिटे जहाज चालू गरिएको यो रूटको भाडा बुद्ध एयरले ४९०० तोकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com