साउन २०,काठमाडौँ ।  जुवा खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौँको विजेश्वरी क्षेत्रबाट ६ लाख ४ हजार रुपैयाँसहित २१ जनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार सुचनाका आधारमा मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले २१ जनालाई काठमाडौँ महानगरपालिका वडा नम्बर १५ बिजेश्वरी क्षेत्रबाट पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपीका अनुसार हारजित हुने गरी ओखर खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो।
उनीहरू बिजेश्वरीस्थित प्रकाश शाहीको घरको चौथो तलामा बसेर खेलिरहेका थिए।त्यहाँबाट २१ जनालाई प्रहरीले ६ लाख ४ हजार रुपैयाँ सहित पक्राउ गरेको हो। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको एसपी बस्नेतले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com