साउन ३१,काठमाडौं । पोखरामा एउटै जुवा खालबाट १३ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । कास्की प्रहरीले उनीहरूलाई पोखरा महानगरपालिका–१०, उत्तमचोकस्थित सरु गुरुङको घरमा तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरूको साथबाट तीन लाख ५१ हजार ५४० रुपियाँ नगद र चार बुक तास बरामद गरिएको कास्की प्रहरीका निमित्त प्रवक्ताले जानकारी दिए ।

उहाँका अनुसार पक्राउ परेकालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । लमजुङ प्रहरीले नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय, भोटे ओडारबाट खटिएको प्रहरी टोलीले सुन्दर बजार नगरपालिका–१०, कोइराला फाँटबाट जुवा खेलिरहेकालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com