दूतावासले अफगानिस्तानस्थित सम्बद्ध रोजगारदाता संयुक्त राष्ट्रसंघ तथा अन्य कुटनीतिक नियोगहरुलाई आफ्नो नियोगमा कार्यरत रहेका नेपालीहरुलाई सुरक्षित घर फर्काउन सहजीकरण गरिदिनका लागि औपचारिक रुपमा अनुरोध गरेको जनाएको छ ।
साथै, नेपाल फर्कने शिलशिलामा कुनै सल्लाह, सुझाव,समन्वय एवं सहयोग आवश्यक परेमा नयाँ दिल्लीमा रहेको नेपाली दूतावासको +९१ ८९२९६०१९२५ नम्बर तथा दूतावासले उपलब्ध गराएको इमेल ठेगानामा सम्पर्क गर्न अनुरोध गरेको जनाएको छ ।
अफगानिस्तानमा करिव १५ सय नेपाली रहेको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यहाँ नेपालीहरु संयुक्त राष्ट्रसंघीय नियोग र विभिन्न मुलुकका दूतावासको सुरक्षाको भित्री घेरामा नेपाली खटिएका छन् । तलिबानले अधिकांश राज्यमा आफ्नो नियन्त्रण लिएपछि त्यहाँका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् ।
राष्ट्रपति घानीले देश छाडेपछि तालिबानी विद्रोहीले राष्ट्रपति कार्यालय कब्जा गरिसकेका छन् ।

