भाद्र १,चितवन। चितवनमा रातिको समयमा धारिलो तरबार बोकी हिँड्ने २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार गए राति १० बजेको समयमा रत्ननगर नगरपालिका वडा न। ११ सित्तलटोल स्थित सार्वजनिक कच्ची सडक खण्डमा तरबार बोकी हिँड्ने २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा सोही वडाको शितलटोलमा बस्ने ३२ वर्षका सरोज तामाङ्ग र वर्ष २० का समिर नेपाली रहेको प्रहरीको भनाइ छ । उनीहरुको साथमा फलामको धारिलो धार भएको २ फिट ८ ईन्च लामो तरबार १ थान फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रातको समयमा तरबार साथमा लिई शंकास्पद रुपमा हिँडडुल गरिरहेको अवस्थामा उनीहरुलाई समातिएको हो । पक्राउ परेका दुवै जनालाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com