भदौ १ , रौतहट । रौतहटमा लागूऔषधसहित एक अनलाइन मिडिया न्युज पोर्टल संचालकसहित दुई जना पक्राउ परेका छन् ।

सोमबार राति गौरबाट प्रहरीले ईशनाथ नगरपालिका-८ का मो. मोजिबुल्लाह र राजपुर नगरपालिका-७ का शेख गुलाब भन्ने शेख अतिउल्लाहलाई १०५ थान लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको हो । मो. मोजिबुल्लाह रौतहटबाट संचालन हुने अनलाइनका सञ्चालक हुन ।

जिल्ला प्रहरी कार्यालय रौतहटको टोलिले अदालत पछाडिको सडकमा बिआर३०एस १८८५ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्दा लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपीले जानकारी दिए ।

पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धान पछि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा चलाउने डीएसपीले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com