भाद्र ४,पर्सा।  अवैध रूपमा भारतबाट ल्याएको ६ केजी चाँदी सहित प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बारा घर भएका ६० वर्षीय नागेन्द्र साह सोनार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकास खनालका अनुसार बिहीबार वीरगन्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटमा चेक जाँचका क्रममा पैदल हिँडिरहेका साहको झोलाबाट ६ केजी १ सय ६८ ग्राम चाँदीका गहना फेला परेको थियो।

अहिले साहलाई थप अनुसन्धान र कारवाहीको लागि चाँदिसहित राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको डिएसपले बताएका छन।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com