भाद्र १०,काठमाडौँ। देश र जनताकाे सुरक्षाका लागि खटिएकाे सशस्त्र प्रहरीले नाबलक माथि गरेकाे याे दुर्ववहार देख्दा कस्काे मन नराेला र। भारतबाट सामान खरिद गरेर आउदै गरेका एक बालकलाई नेपाल-भारत सीमा क्षेत्र महोत्तरीमा सशस्त्र प्रहरीले पिटेका छन् ।
महोत्तरीको मटिहानीका ८ वर्षीय ती बालकको परिचय खुलाइएको छैन । उनले साइकलबाट बोरामा केही सामान ल्याएको दृश्यमा देखिन्छ ।
लगत्तै सशस्त्र प्रहरीले ती सामान आफ्नो नियन्त्रणमा लिने प्रयासमा उनलाई पिटेको दृश्यमा देख्न सकिन्छ ।
टिकटक र फेसबुकमा भाइरल सो भिडियोमा बालकले रूदै छोडिदिन गुहार मागे पनि सशस्त्र जवानले उनलाई पिटिरहेको देखिन्छ ।
हेर्नुहोस् भिडियो https://www.facebook.com/Gchautari/videos/366445915201958/

