त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर विरोध गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली आउनुअघि विरोध प्रदर्शनमा उत्रिएका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसरले त्रिभुवन विमानस्थल बाहिरबाट अधिवक्ता स्वागत नेपालसहित ६ जनालाई पक्राउ गरिएको हो। अधिवत्ता नेपालले ट्वीट गर्दै आफुलाई पक्राउ गरेर गाडी समेत नियन्त्रणमा लिएको जानकारी दिएका छन्।
एमसीसीको सम्बन्धमा आवश्यक छलफल गर्नका लागि भन्दै उनीहरु काठमाडौं आइपुगेका टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल लगायतलाई भेट गर्ने कार्यक्रम रहेको छ।

