मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छिन् । शुक्रबार बिहान सुमारको टोलीले खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेकी हुन् । भेटवार्तामा प्रचण्डको सचिवालयका प्रतिनिधि र एमसीसीका प्रतिनिधि सहभागी थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो । प्रचण्डसँग भेटेर उनले एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउन प्रयास गरेकी छिन् । हिजो नेपाल आएकी उनले एमाले अध्यक्ष केपी ओलीबाट भेटवार्ता सुरु गरेकी थिइन् भने नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग पनि भेट गरेकी थिइन् ।
आजै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेट्दै छिन् ।

