प्रतिनिधि सभाको नवौँ अधिवेशनको दोस्रो बैठक आज दिउँसो १  बस्दैछ । बैठकमा विभिन्‍न अध्यादेशहरु पेश गर्ने कार्यसूचि रहेको संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको संभावित कार्यसूचिमा शपथसम्बन्धी अध्यादेश २०७८, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेशलगायत स्वीकृत गरियोस् भन्‍ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।

त्यस्तै जनमोर्चाकी दुर्गा पौडेलले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्ने कार्यसूची पनि छ । नवौँ अधिवेशनको पहिलो बैठक एमालेले अवरुद्ध गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com